![गरिमा विकास बैंक र सोल्टी होटलबीच सेवा सुविधामा छुट सम्बन्धि सम्झौता](https://aarthikbazarnews.com/wp-content/uploads/2022/06/Soaltee-Hotel-1024x682.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र यस विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउनसक्नुहुनेछ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आइरहेको छ ।