जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • दुर्गा प्रसाईंको अभिव्यक्ति विवादित, कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई गर्‍यो पत्राचार

दुर्गा प्रसाईंको अभिव्यक्ति विवादित, कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई गर्‍यो पत्राचार

निर्वाचन आयोगले मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दुई वटा कसुरमा कारबाही अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको छ।

आयोगले प्रसाईंलाई निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई आइतबार पत्राचार गरेको हो।

आयोगका आयुक्तहरुको आइतबार बसेको बैठकले प्रसाईंले कारबाहीयोग्य अभिव्यक्ति दिएको निष्कर्षसहित प्रहरीलाई पत्राचार गर्ने निर्णय गरेको थियो।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर आफ्नो पक्षमा निर्णय गराएको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्