जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँलाई जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यबाट संचालक समितिको अध्यक्षमा चयन गरिएको हो ।

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति जेठ २६ गते नवनिर्वाचित अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

सो पश्चात कम्पनीको केन्द्रीय कार्यालयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गर्नुभएको हो ।

3120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका