जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै अत्याधुनिक भवनबाट

एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै अत्याधुनिक भवनबाट

एभरेष्ट बैंकले काठमाडौं नयाँ वानेश्वरमा आफ्नै भवन बनाएको छ। बैंकले नयाँ वानेश्वर शाखा कार्यालयको आफ्नै भवन बनाएको हो।

बैंकको नयाँ बानेश्वर शाखा कार्यालय नवनिर्मित भवनमा सरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले बुधबार एक समारोहबीच नवनिर्मित भवन उद्घाटन गरे। नयाँ भवन बैैंकको यसअघिको शाखा कार्यालयबाट करिब १५० मिटर पश्चिममा पर्छ।

बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ शुभारम्भ गरेको छ। ग्राहकले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था छ।

2460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका