जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • सनराइज बैंकले आयोजना गर्‍यो नि:शुल्क स्तन क्यान्सर परीक्षण शिविर, ६३ जना महिलाले लिए सेवा

सनराइज बैंकले आयोजना गर्‍यो नि:शुल्क स्तन क्यान्सर परीक्षण शिविर, ६३ जना महिलाले लिए सेवा

सनराइज बैंकले काठमाडौंको ओमबहालमा नि:शुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। पछिल्लो समय नेपालमा पनि महिलाहरुमा हुने स्तन क्यान्सर लगातार बढ्दै गएको भन्दै भन्दै शिविर आयोजना गरिएको बताइएको छ।

सामान्यता महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गरेको भन्दै बैंकले पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने भएकाले शिविर आयोजना गरिएको जनाएको छ।

जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा नि:शुल्क शिविर सञ्चालन गरेको हो। सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी स्तन क्यान्सर बारे सचेतना दिइएको बैंकले जनाएको छ। साथै शिविरमा आउने सबैको नि:शुल्क रक्तचाप, मधुमेह परीक्षण सेवा समेत दिइएको बैंकले जनाएको छ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यअनुरुप नारी बचत खाताअन्तर्गत महिलाहरुलाई पाँच लाख रुपैयाँसम्मको घातक रोग खर्च दिइरहेको छ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको बैंकले जनाएको छ। साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजार रुपैयाँसम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्म बीमा बापतको रकम समेत दिँदै आएको बताइएको छ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका