जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • होटल क्षेत्रमा बैंकहरूको १ खर्ब ८० अर्ब कर्जा लगानी

होटल क्षेत्रमा बैंकहरूको १ खर्ब ८० अर्ब कर्जा लगानी

कोभिडका कारण प्रभावित होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा १ खर्ब ८० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा लगानीको ४ दशमलव ४ प्रतिशत हो । यस अवधिमा बैंकहरूले क्षेत्रगत कर्जा अन्तर्गत ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालू आवको जेठ मसान्तसम्ममा होटल क्षेत्रमा २७ ओटा वाणिज्य बैंकले मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वाणिज्य बैंकको कुल कर्जा प्रवाहको ४ दशमलव ४३ प्रतिशत हो । यसैगरी १८ ओटा विकास बैंकले १५ अर्ब ४१ करोड ५० लाख र २० ओटा वित्त कम्पनीले ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार होटल तथा रेष्टुराँ शीर्षकमा वाणिज्य बैंकमध्ये प्रभु बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । सो बैंकले १४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो वाणिज्य बैंकले सो शीर्षकमा प्रवाह गरेको कुल कर्जाको ८ दशमलव ८४ प्रतिशत हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यसपटक कोभिडका कारण यस्तो क्षेत्रमा कर्जावृद्धि अझै अपेक्षित रूपमा हुन नसकेको बताए । यद्यपि पछिल्लो समय क्रमशः सुधार भइरहेको उनको भनाइ छ । ‘पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, ट्रेकिङ, एयरलाइन्स लगायत क्षेत्र कोभिडले बढी थला परे । कोभिड अवधिमा बनाउन थालेका नयाँ होटलहरूको काम पनि रोकिन पुगे, एक्सपान्सन गर्न खोजेका पुराना होटल पनि विषम परिस्थितिका कारण रोकिए । यसकारण होटल क्षेत्रमा कर्जाको माग अझै कम हुन पुग्यो,’ उनले भने, ‘तर अहिले होटलहरूले एक्सपान्सन कार्य शुरू गरेका छन्, नयाँ परियोजना पनि आउन थालेका छन्, त्यसैले आगामी दिनमा बढ्दै जान सक्छ ।’ यससँगै कोभिडको भ्याक्सिन पनि आउन थालेकाले अब यो क्षेत्रमा थप लगानी बढ्ने उनको अपेक्षा छ ।

यस्तै ५ अर्ब ८४ करोड ७७ लाख कर्जा होटल व्यवसायमा प्रवाह गरेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी कोभिड अवधिमा बैंकले गरेको लगानीलाई उत्साहजनक मान्नुपर्ने बताउँछन् । उनका अनुसार यसबीच निर्माणाधीन अवस्थामा रहेका होटललाई बैंकहरूले सहायता गरेकाले पनि लगानी उत्साहजनक भएको उनको भनाइ छ । ‘होटलको निर्माणका साथै व्यवसाय निरन्तरता गर्न सञ्चालन खर्चमा पनि कर्जा प्रवाह भएका छन्,’ उनले भने, ‘यद्यपि सञ्चालन खर्चमा लगानी खासै धेरै नहुन सक्छ । कतिपय नयाँ होटल प्नि खुलेका छन् । त्यस्ता होटलतर्फ लगानी बढी गएको हो ।’

होटल क्षेत्रमा दोस्रो बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले ११ अर्ब ८४ करोड कर्जा यस क्षेत्रमा लगानी गरेको छ । यसपछि प्राइम कमर्शियल बैंकले १० अर्ब ७२ करोड, एनआईसी एशिया बैंकले ९ अर्ब ७३ करोड, ग्लोबल आईएमई बैंकले ९ अर्ब ५८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ७५ करोड, नेपाल बैंकले ७ अर्ब १८ करोड र मेगा बैंकले ७ अर्ब १२ करोड कर्जा प्रवाह गरेका छन् ।

यसैगरी कुमारी बैंकले ६ अर्ब ९४ करोड, हिमालयन बैंकले ६ अर्ब ७२ करोड र सिद्धार्थ बैंकले ६ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन् । यसबाहेक एनएमबि, बैंक अफ काठमाडौं र नबिलले साढे रू. ५ अर्ब हाराहारीमा कर्जा लगानी गरेका छन्  । नेपाल एसबिआई, लक्ष्मी र सानिमा बैंकले ४ अर्बदेखि ५ अर्बसम्म कर्जा प्रवाह गरेका छन् । यस्तै, कृषि विकास बैंक,  माछापुच्छ«े, सेञ्चुरी, सनराइज, सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ३ अर्बदेखि ४ अर्बसम्म कर्जा लगानी गरेको  राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । साथै नेपाल बंगलादेश, सिटिजन्स, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे १ अर्बदेखि ३ अर्बसम्म कर्जा होटल व्यवसायमा प्रवाह गरेका छन् ।

4800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका