जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • नेपाल बैंकको मोवाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

नेपाल बैंकको मोवाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई  बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच सम्झौता भएको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसरसंगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुशार  नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ ।

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका