जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सिन्धुपाल्चोकमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सिन्धुपाल्चोकमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा समुदघाट्न गरेका हुन् ।  

उक्त अवसरमा प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसंग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गईरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ्ग, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, प्रतिनिधि सभाका सभामुखका स्वकिय सचिव सागर के.सी., बैंकका विभागीय प्रमुख सरोज वस्नेत, उपप्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक रत्ना शाक्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरु लगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

6675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका