जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेनमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेनमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले कालिज गार्डेन इको रिसोटसंग सम्झौता गरेको हो ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस बैंकल कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका