जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अब टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ रंगमा पनि आयो

अब टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ रंगमा पनि आयो

टीभीएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क १२५ रेस एडिसनलाई नयाँ मरीन ब्लु रंगमा पनि नेपालमा ल्याएको छ। कम्पनीले बिहीबार एनटर्क १२५ को उक्त रेस एडिसन मरिन ब्लु स्कुटर सार्वजनिक गरेको हो।

टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस-प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाएको छ। यसमा कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको आकर्षक तीन टोन संयोजन गरिएको छ। यसले राइडरलाई अरुको भन्दा फरक महसुस गराउने कम्पनीको दाबी छ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपालमा एनटर्क आरटी-एफआई १२५ रेस एडिसनलाई मरिन ब्लु कलरमा सार्वजनिक गर्न पाउँदा आफूहरु अत्यन्त खुसी भएको बताए। उनले स्मार्ट स्कुटर आरटी-एफआई समावेशसँगै एक बेस्ट-इन-क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको बताए।

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको आक्रामक शैलीलाई मूर्त रूप दिन्छ। स्कुटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्‍वीलले स्कुटरको स्टाइललाई अझ बढाउँछ।

स्मार्ट कनेक्ट कनेक्टिभिटी प्लाटफर्ममार्फत संचालित यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ। ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ।

एनटर्क १२५ रेस एडिसन १२४.८ सीसी सिंगल-सिलिन्डर, ४-स्ट्रोक, ३-भल्भ, एयर-कूल्ड सोक, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ। रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०-६० किमि प्रति घण्टाको गति बढाउँछ।

पास बाइ स्वीच, डुअल साइड स्टेयरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कुटरको सुविधा अझ बढाउँछ। यसका अतिरिक्त, टीभीएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबी चार्जर, ठूलो २०-लिटर अन्डरसेट स्टोरेज र टीभीएस प्याटेन्टेड ईजी सेन्टर स्ट्यान्ड छ।

मरीन ब्लू कलरमा उपलब्ध नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका