जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन एभरेष्टको एकीकृत कारोबार १ साउनदेखि, अध्यक्ष श्रेष्ठ र सीईओ शाह बन्ने, कर्मचारी ४४४ जना पुग्ने

हिमालयन एभरेष्टको एकीकृत कारोबार १ साउनदेखि, अध्यक्ष श्रेष्ठ र सीईओ शाह बन्ने, कर्मचारी ४४४ जना पुग्ने

हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

दुवै कम्पनी १००ः८५ रुपैयाँको स्वाप रेसियोमा मर्जर हुन लागेका हुन् । उक्त स्वाप रेसियो अुनसार एभरेष्ट इन्सोरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता (१ः०.८५) शेयर प्रदान गर्ने गरि गाभ्ने–गाभिने (मर्ज) हुने भएका हुन् ।

साथै मर्जरपश्चात् बन्ने कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा रहने भएको छ । दुवै कम्पनीको विशेष साधारण सभाले पारित गरेकाले बीमा समितिबाट स्विकृत भएपश्चात हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेको छ ।

मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बन्नेछन् । साथै हिमालयन इन्स्योरेन्सबाट अजयरत्न स्थापित र विजितकृष्ण श्रेष्ठ सञ्चालक बन्ने भएका छन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सबाट भुगोल राई, रामप्रसाद खनाल र हेमराज थापा सञ्चालक बन्ने भएका हुन् ।

त्यस्तै, सल्लाहकारमा भने दुवै कम्पनीबाट एकएक जना गरी दुई जना रहने छन् । एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिमालयन इन्स्योरेन्सका सञ्चालक विजय कुमार पन्त सल्लाहकार बन्ने छन् ।

मर्जरपश्चात् बन्ने इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन जनरल इन्स्योरेन्सले र सिनियर डेपुटी सीईओ (डीसीईओ) एभरेष्ट इन्स्योरेन्सले पाउनेछ । विजय बहादुर शाह सीईओ र एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतम सिनियर डेपुटी सीईओ बन्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी २२०.९९ करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् हिमालयन जनरलबाट २२५ जना कर्मचारी र एभरेष्ट इन्स्योरेन्सबाट २१९ जना गरी कूल ४४४ जना पुग्नेछन् । मर्जरपश्चात् कम्पनीको शाखा संख्या ७५ वटा पुग्ने भएका छन् ।

यता मर्जरपश्चात् बन्ने इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क ३२५ करोड रुपैयाँ, बीमा कोष १२० करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् बन्ने कम्पनीको नाफा २० करोड रुपैयाँ भन्दा बढी पुग्ने भएको छ ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ ।

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका