जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बिरगंजमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको शुभारम्भ

बिरगंजमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको शुभारम्भ

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले बिरगंज मा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर मनोज घिमिरे को उपस्थिति मा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका शुभम ट्रेडर्सले ले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको शुभम ट्रेडर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने शुभम ट्रेडर्स का संचालक चन्दन चन्दन रौनियार ले जानकारी दिए ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका