जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • रिलायन्स लाइफइन्स्योरेन्सको ग्यारेन्टेड रिटर्नसहितको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

रिलायन्स लाइफइन्स्योरेन्सको ग्यारेन्टेड रिटर्नसहितको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

रिलायन्स लाइफइन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमा लेख योजना’ मेरो सुनिश्चितप्रतिफलबीमा योजना’आजबाट प्रचलनमा ल्याएको छ । आजआयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमाल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताउनुभयो ।

यो बीमायोजना अन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सिमित समयको लागि बीमा शुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन्। यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ।

रिलायन्स लाइफइन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ’उत्कृष्ट योजना र सेवाप्रदान गर्ने’हो । सोहि अनुरुप ‘मेरो सुनिश्चितबीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताउनुभयो ।

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमा लेखमा आधारभुत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमा लेखमा आधारभुत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । यस बीमा लेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्कभुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

4830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका