जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • कर्मचारी संचय कोषले पनि बढायो ब्याजदर

कर्मचारी संचय कोषले पनि बढायो ब्याजदर

कर्मचारी संचय कोषले साउन १ गतेदेखि लागू हुने गरी ब्याज दर बढाएको छ। संचयकर्ता र निवृतिभरण कोषमा वार्षिक ७ प्रतिशतका दरले ब्याज दिंदै आएकोमा ८ प्रतिशत पुर्याएको छ।

साथै विशेष सापटीमा ९.१० प्रतिशत ब्याज लिने भएको छ।‌यसैगरी घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशतका दरले ब्याज दर कायम गरेको छ।

जग्गा खरिद सापटी र सरल कर्जामा १०.२५ प्रतिशत ब्याज दर कायम गरिएको छ। धितोमा आधारित कर्जाको हकमा त्रैमासिकरुपमा नियमित कर्जा तिर्ने संचयकर्तालाई ब्याजदरमा ०।२५‌प्रतिशतको दरले छुट दिइने घोषणा समेत संचय कोषले गरेको छ।

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका