जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • शिवम् सिमेन्टले अहिलेसम्मकै उच्च लाभांश घोषणा गर्‍यो, २९% नगद, कात्तिक १६ मा एजीएम

शिवम् सिमेन्टले अहिलेसम्मकै उच्च लाभांश घोषणा गर्‍यो, २९% नगद, कात्तिक १६ मा एजीएम

शिवम् सिमेन्टले २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले लाभांश अनुमोदनका लागि साधारणसभा डाकेको छ।

कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ। सभाले चुक्ता पुँजीको २९ प्रतिशत नगद बाँड्ने प्रस्ताव अनुमोदन गर्ने छ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कम्पनीले नगद बापत एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले बाँड्न लागेको लाभांश अहिलेसम्मकै उच्च हो। कम्पनीले यसअघि २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।

कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। 

कम्पनीको साधारणसभाले चुक्ता पुँजीभन्दा बढी रकम बैंकबाट ऋण लिनु परेमा त्यसको ऋण सम्झौत गर्ने अधिकार सञ्चालक समितिलाई दिने छ ।

7150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?