जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • गोर्खाज फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक

गोर्खाज फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक

गोर्खाज फाइनान्स लिमिटेडले मंगलबार एक कार्यक्रम गरी चारवटा आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।

गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दीर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुका साथै निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम, निःशुल्क डिम्याटलगायतका सुविधा पाइनेछ।

यस्तै फाइनान्सले एकको दुई र एकको तीन आकर्षक मुद्दति निक्षेप योजनासमेत सार्वजनिक गरेको छ। वित्तीय संस्थामा बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले दिए।

हाल २६ शाखा र १ एक्सटेन्सन काउन्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नवीनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यका साथ कार्य गरिरहेको जानकारी वित्तीय संस्था प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले दिए।

3720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका