जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन

एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको असार २२ गते उद्घाटन गरेको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकका हाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

2255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?