जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल लाईफ, रिलायन्स र युनियन लाईफ इन्स्योरेन्सको बीमा लेखकै कारण व्यक्ति हत्याको डरलाग्दो कथाः नेपाल बीमा प्राधिकरण बेखबर ?

नेपाल लाईफ, रिलायन्स र युनियन लाईफ इन्स्योरेन्सको बीमा लेखकै कारण व्यक्ति हत्याको डरलाग्दो कथाः नेपाल बीमा प्राधिकरण बेखबर ?

बीमा शब्द नै काफी छ । बीमा लेखले जीवनलाई बाँच्न मद्दत मात्रै पुग्दैन । बीमा बचत पनि हो । तर, बीमा लेख खरिद गरेकै कारण व्यक्ति हत्याका काण्ड एकपछि अर्को गर्दै बढेर जानु आफूमा डरलाग्दो कथा बनेको देखिन्छ । यति सम्मकी आफ्नै श्रीमतीको हत्या देखि नक्कली श्रीमती बनी ब्यक्ति हत्या गर्नेहरुको कथा डरलाग्दो छ । यी शब्द हामीले कसैसंग सापटी लिएका होइनौ । नेपाल प्रहरीको अनुसन्धानबाटै पुष्टी भएका घटना पाठक सामू पस्कने जमर्को गरोका छौं । नेपालका जीवन बीमा कम्पनी साविकको रिलायन्स लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र नेपाल  लाईफ इन्स्योरेन्सका बदमास अभिकर्ताहरुकै मिलोमतोमा व्यक्ति हत्याका घटना घटेका हुन भन्दा अब फरक पर्दैन ।
जीवन बीमा कम्पनीहरुमा अभिकर्ता (एजेण्ट)हरुले छिटो पैसा कमाउने र मोटो कमिशन लिन यस्ता पत्याउने गाह्रोका बीमा लेख तयार पारेको देखिन्छ । बीमा लेख खरिद गरि यसरी विभिन्न बीमा कम्पनी भित्र भएका थिए व्यक्ति हत्याका घटना हेरौं ।

हेटौँडाकी २४ वर्षीय सुस्मिता केसीको २०७७ असार १ गते हत्या भयो । हत्या भएको करिब साढे २ वर्षपछि जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्न उनका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीतालाई जन्मकैदको फैसला सुनाएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । उनको विवाह २०७६ वैशाख १८ गते हेटौँडाका रुपेन्द्र थापासँग भएको थियो । सुस्मिताको पति रुपेन्द्रको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । रुपेन्द्रको दुर्घटनामा मृत्यु भएपछि उनको नाममा रहेको बिमा रकम श्रीमती सुस्मिताको हुने निश्चित थियो । सो हात पार्नका लागि परिवारले सुस्मिताको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुल्यो । बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । अर्को घटनामा संलग्न रहेको आरोपमा वैदेशिक अध्ययनका लागि जापान जान लागेकी कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीय सपना मल्ललाई गत साउन १३ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो । बीमाको रकम हत्याउन नक्कली विवाह गरी युवकको हत्या गरेको आरोपमा सपना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा थिए । प्रहरीले उनीहरुलाई बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको योजनाबद्ध रूपमा हत्या गरेको आरोप लगाएको छ । उनीहरूले विकलाई डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै मल्लसँग २०७७ फागुन ११ गते नक्कली बिहे गराएको खुलेको थियो ।

रुपेन्द्रको दुर्घटनामा मृत्यु भएपछि उनको नाममा रहेको बिमा रकम श्रीमती सुस्मिताको हुने निश्चित थियो । सो हात पार्नका लागि परिवारले सुस्मिताको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुल्यो । बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । अर्को घटनामा संलग्न रहेको आरोपमा वैदेशिक अध्ययनका लागि जापान जान लागेकी कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीय सपना मल्ललाई गत साउन १३ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो । बीमाको रकम हत्याउन नक्कली विवाह गरी युवकको हत्या गरेको आरोपमा सपना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

विवाह पश्चात् विकको रिलायन्स लाइफ इन्स्योरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए । २०७८ बैशाख २ गते विकको बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा मार्फत हत्या गरी सो रकम हात पार्ने उनीहरुको योजना बनाएर बीमा प्राधिकरणकै अध्यक्ष सूर्य प्रसाद सिलवालको हातबाटै करोडौंको बीमा लेखको भुक्तानीको चेक लिए ।
बीमा कै रकमका लागि रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका वर्षीय राम किशोर यादवले २०७६ असार १७ गते ४ वर्षीय छोरी लक्ष्मीकुमारी यादवको हत्या गरे । आमासँग सुतेकै अवस्थामा राती १ बजे उनले छोरीलाई घाँटी थिचेर हत्या गरी पोखरीमा फ्याँकिदिएका थिए । यादवले बिमाबापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीय छोरीको हत्या गरेका थिए । उनले जिल्लाकै गरुडाको एक लाइफ इन्स्योरेन्स कम्पनीमा २ं०७६ जेठ १९ गते छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए । बीमाको रकम निकाल्ने योजनाअनुरूप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औँ दिनमा छोरीको हत्या गरेको देखिएको थियो । अर्को एक घटनामा २०७६ असारमा पोखराको कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल पुम्दीभुम्दीको जंगलमा भेटियो । श्रीमती हराएको भन्दै उनका श्रीमान् रमेश नेपाली प्रहरी कार्यालय पुगेका थिए । तर, रमेशले नै लक्ष्मीको योजनाबद्ध रूपमा हत्या गरेको खुल्यो । उनले श्रीमतीको नाममा युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बीमा गरेका थिए । बीमाको सोही रकम हात पार्नका लागि उनले कन्ट्याक्ट किलरमार्फत श्रीमतीको हत्या गराए । उनले लक्ष्मीको हत्या गर्नु चार महिना अघि मात्रै जीवन बीमा गराएको खुलेका थियो ।

यादवले बिमाबापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीय छोरीको हत्या गरेका थिए । उनले जिल्लाकै गरुडाको एक लाइफ इन्स्योरेन्स कम्पनीमा २ं०७६ जेठ १९ गते छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए । बीमाको रकम निकाल्ने योजनाअनुरूप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औँ दिनमा छोरीको हत्या गरेको देखिएको थियो । अर्को एक घटनामा २०७६ असारमा पोखराको कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल पुम्दीभुम्दीको जंगलमा भेटियो । श्रीमती हराएको भन्दै उनका श्रीमान् रमेश नेपाली प्रहरी कार्यालय पुगेका थिए । तर, रमेशले नै लक्ष्मीको योजनाबद्ध रूपमा हत्या गरेको खुल्यो । उनले श्रीमतीको नाममा युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बीमा गरेका थिए ।

पुरुषले मात्र होइन महिलाहरूले पनि यस्तो कर्म गरेको अर्को घटना हो, सप्तरीको कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले गरेको हत्या । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले कोशिलादेवीलाई पक्राउ गर्यो । पछि बीमाको रकम हत्याउन कै लागि उनले आफ्नै श्रीमानको हत्या गरेको अनुसन्धानका क्रममा खुल्यो । बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । श्रीमान् शिवशंकर दासको नाममा रहेको बीमा पाउने लोभमा कोपिलादेवीले करेन्ट लगाएर हत्या गरेकी थिइन् । गत कात्तिक ६ गते भएको उक्त घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता देखिएको प्रहरीको भनाइ रहेको छ । उनीहरूले मदिरा खुवाएर नशाले लट्ठ भई सुतेका उनलाई बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको प्रहरी समक्ष स्विकारेका छन् । १४ वर्ष अघि अर्को एक घटनामा गोविन्द आचार्यले श्रीमतीको बीमा गरेपछि हत्या गरेको खुलेको छ । आचार्यले विवाह गरेको केही दिनमै श्रीमतीको नाममा २५ लाख रुपैयाँको बीमा गरे । आचार्यले दुई पटक प्रिमियम भुक्तानी गरेपछि श्रीमतीको हत्या गरी बीमा रकम दाबी गर्न गएका थिए । यो घटना नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबाट भएको थियो । भन्दा फरक पर्दैन ।

प्रहरीमा सो सम्बन्धी उजुरी परेपछि बीमा कम्पनीले दावी भुक्तानी गरेन । पछि प्रहरीको अनुसन्धानबाट श्रीमानले एक वर्षदेखि नियमित रूपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको त्यसबाट नै श्रीमतीको हत्या भएको पत्ता लागेपछि आचार्य पक्राउ परे । भन्दा फरक पर्दैन । उल्लेखित सबै घटनाहरूमा हत्याको एउटै कारण थियो, बीमाको रकम हत्याउने योजना भन्दा अचम्म लाग्दा । तर, यो सत्य हो । घटनामा संलग्नहरू स्वाभाविकरूपमा अपराधी थिए । सो कुराको कानुनी रूपमा पुष्टि समेत भएको देखिन्छ ।

उनले बीमा कम्पनीमा रकम दाबी गरेपछि मृतकको माइती पक्षले मृत्यु स्वभाविक नभएको शंका गरे । प्रहरीमा सो सम्बन्धी उजुरी परेपछि बीमा कम्पनीले दावी भुक्तानी गरेन । पछि प्रहरीको अनुसन्धानबाट श्रीमानले एक वर्षदेखि नियमित रूपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको त्यसबाट नै श्रीमतीको हत्या भएको पत्ता लागेपछि आचार्य पक्राउ परे । भन्दा फरक पर्दैन । उल्लेखित सबै घटनाहरूमा हत्याको एउटै कारण थियो, बीमाको रकम हत्याउने योजना भन्दा अचम्म लाग्दा । तर, यो सत्य हो । घटनामा संलग्नहरू स्वाभाविकरूपमा अपराधी थिए । सो कुराको कानुनी रूपमा पुष्टि समेत भएको देखिन्छ । बीमा अभिकर्ताहरुको नैतिक र व्यवसायिक जिम्मेवारी के हो भने उनीहरूले बीमक पोलिसी खरिदकर्ताहरुको प्रिमियम तिर्ने आर्थिक हैसियत छ वा छैन भन्ने हेर्नुपर्छ । तर, प्रस्तुत यी घटनामा अभिकर्ताहरुले त्यस्तो सजकता र विश्लेषण गरेको देखिएन । बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् ।

2855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका