जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बीमकको सूचना पारदर्शी बनाउन प्राधिकरणले लागू गर्‍यो आईआरएमआईएस मार्गदर्शन

बीमकको सूचना पारदर्शी बनाउन प्राधिकरणले लागू गर्‍यो आईआरएमआईएस मार्गदर्शन

नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स रेगुलेटरी म्यानेजम्यान्ट इन्फरमेसन सिष्टम (आईआरएमआईएस) सम्बन्धी मार्गदर्शन लागू गरेको छ ।
प्राधिकरणले नियामक तथा बीमकको तथ्यांक व्यवस्थापन एवं काम प्रभावकारी र पारदर्शी बनाउन मार्गदर्शन लागू गरेको हो।

अब बीमक वा अन्य सम्बन्धित निकायसँग सूचना तथा तथ्यांक आदानप्रदान गर्न आईआरएमआईएस पोर्टल प्रयोग गर्नुपर्नेछ।

जीवन, निर्जीवन र पुर्नबीमा कम्पनीहरुले यो मार्गदर्शन अनुसार प्राधिकरणले माग गरेको सूचना तोकिएको समयभित्रै उपलब्ध गराउनु पर्नेछ।

प्राधिकरणले बीमकलाई लगइन आइडी उपलब्ध गराउने र सोही प्रणालीमा कम्पनीले आफ्नो तथ्यांक प्रविष्ट गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

3450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?