जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न खोजेपछि…

चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न खोजेपछि…

जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेर रकम निकाल्न खोजेको भन्दै सिन्धुलीका राजकुमार बरालले जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा आपराधिक विश्वासघातको कसुरमा बिहीबार दिउँसो पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ।

गत असोजमा जाहेरवाला बराल, भेटवालसहितका व्यक्ति तास खेलेका थिए। रक्सी खाँदै तास खेल्दा आफ्नो सात थान चेक हराएको भन्दै बैंकमा ब्लक गराएका थिए। उनको निवेदनपछि प्रहरीले परिसरमा बोलाएको थियो। जसमा उनले २ करोड २९ लाख रुपैयाँ रकम भरेको खुलेको थियो।

भेटवालले भने तासमा आफूले त्यो रकम बराबर जितेको र चेक लिएको दाबी गरेका थिए। पछि सरुवा हुने बेलामा परिसरका तत्कालिन एसएसपी अशोक सिंहले भेटवाललाई नै चेक फिर्ता दिएका थिए। एसएसपीले चेक फिर्ता दिएको ९ महिनापछि भेटवाल भने पक्राउ परेका हुन्।

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका