

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको १३ असोजको निर्णयअनुसार २४ असाेजदेखि लागू हुने गरी पन्त पुन: सिइओ नियुक्त भएका हुन् ।
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिइओ पन्तको कार्यकाल चार वर्षको हुनेछ ।
सम्बन्धित समाचार
