जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकको ‘श्री वृद्धि मुद्दती खाता’ मा १० गुणा सम्म प्रतिफल

सिद्धार्थ बैंकको ‘श्री वृद्धि मुद्दती खाता’ मा १० गुणा सम्म प्रतिफल

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्घार्थ श्री वृद्धिमुद्द तीखाता’ सञ्चालनमा ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ ।

यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधिपश्चात् आफ्नो साँवा रकमको२गुणादेखि १० गुणासम्मको प्रतिफलप्राप्तगर्न सक्नुहुनेछ । यसकाअतिरिक्त,ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिटकार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकवर्गहरुलाई उक्त क्रेडिटकार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने छ । यस खाताबारे विस्तृत जानकारी नजिकैको शाखाकार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सक्नेछन् ।
3475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका