जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमार्फत ‘बुस्टर डोज’ दिन पूर्व गभर्नर थापाको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमार्फत ‘बुस्टर डोज’ दिन पूर्व गभर्नर थापाको सुझाव

पूर्व गभर्नर गणेशबहदुर थापाले सहुलियत दिने गरी आगामी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन्। गभर्नर महाप्रसाद अधिकारी उपस्थित कार्यक्रममा बोल्दै उनले मन्दीले गर्दा शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमार्फत ‘बुस्टर डोज’ दिन आवश्यक रहेको बताएका हुन्।

नेपाल व्यवस्थापन संघद्वारा आयोजित आगामी मौद्रिक समीक्षा बारे छलफल कार्यक्रममा बोल्दै उनले मन्दीले गर्दा मागमा ह्रास आएको बताए।

उनले राष्ट्र बैंकले ब्याजदर घटाउन थप प्रभावकारी नीति लिनुपर्ने बताए। यसले सेयर बजार पनि तरंगित हुने उनको बुझाइ छ।

अहिलेको समस्या तरलता नभएको बरु कर्जाको माग नै नभएको भन्दै उनले पर्याप्त सहुलियत प्याकेज सहितको मौद्रिक नीति तर्जुमा गर्न आग्रह गरे। समस्याग्रस्त क्षेत्रको पहिचान गरी यस्ता क्षेत्रमा सहुलियत दिनुपर्ने उनले बताए।

 

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्