जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग सम्झौता

गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग सम्झौता

विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराईचुली होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउन सक्नुहुनेछ । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका