जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नोभा अस्पतालमा २०%सम्मको छुट

सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रालिका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकले नोभा अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेटबैैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिद्धार्थ बैंकको वेबसाइट (www.siddharthabank.com/merchant-offer) मा प्राप्त गर्न सकिनेछ।

4255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका