जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कुमारी बैंकको ऋणपत्रमा मागअनुसार आवेदन परेन

कुमारी बैंकको ऋणपत्रमा मागअनुसार आवेदन परेन

ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि कुमारी बैंकले समय थप गरेको छ । अब ऋणपत्रमा कात्तिक १६ सम्म आवेदन दिन सकिनेछ ।

बैंकले कात्तिक २ देखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गरिएको छ । जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ-संस्थालाई बिक्री गर्नेछ ।

बाँकी २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो । एक लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिन्छ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका