जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड, ईपीएस २६ रुपैयाँ ८९ पैसा

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड, ईपीएस २६ रुपैयाँ ८९ पैसा

आर्थिक वर्ष ७८/७९ मा एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ७७ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ५४ करोड पुगेको हो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासिक विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप ७.८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.९३ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.२४ प्रतिशत रहेको छ ।

९ अर्ब ४६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १३ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

3190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका