जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकर्स संघ र सिबिफिनकै अध्यक्षको संस्था एनएमबि बैंकले बढायो ब्याज

बैंकर्स संघ र सिबिफिनकै अध्यक्षको संस्था एनएमबि बैंकले बढायो ब्याज

नेपाल बैंकर्स संघका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष नै अध्यक्ष रहेको एनएमबि बैंकले ब्याज बढाएको छ ।

एनएमबि बैंकले कात्तिकका लागि ६ देखि ९ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपको ब्याज १.००३ प्रतिशत विन्दुले बढाएर ९.९९ प्रतिशतबाट ११.००३ प्रतिशत पुर्‍याएको हो ।

बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा भने ९.९९ प्रतिशत ब्याज तोकेको छ । त्यस्तै ९ देखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा १०.५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

बैंकले १ वर्षदेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ११.००३ प्रतिशत, २ देखि १० वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत र १० वर्षमाथिको मुद्दती निक्षेपमा पनि १० प्रतिशत नै ब्याज तोकेको छ ।

यसअघि साउनका लागि बैंकले १० वर्ष र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशतबाट बढाएर १०.९८ प्रतिशत पुर्‍याएको थियो ।

बैंकले भदौमा भने ब्याज घटाएको थियो । भदौका लागि १० वर्षमाथिको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज तोकेको थियो । बैंकले असोजमा ब्याज परिवर्तन गरेको थिएन ।

असारमा भद्र सहमति तोडेपछि बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?