जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ को प्रभावका कारण वार्षिक साधारण सभामा जुम मार्फत सम्पन्न गरेको हो । कम्पनीले साधारणसभाबाट स्वतन्त्र विज्ञ संचालक देबी प्रसाद शर्माको नियुक्ति अनुमोदन गरेको छ ।

त्यस्तै, साधारण सभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा नाफा र नोक्सान हिसाव एवं नगद प्रवाह विवरण र त्यस सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित समेत गरेको छ ।

सभाले हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई नै पुनः नियुक्त गरेको छ । कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गरेको छ ।

6915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका