जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकमा पैसा राख्दा १० गुणासम्म प्रतिफल पाइने

सिटिजन्स बैंकमा पैसा राख्दा १० गुणासम्म प्रतिफल पाइने

विगत डेढ दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय र सुरक्षित सेवा तथा सुविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको शुभारम्भ गरेको छ ।

यी मुद्दती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले चितवनको सौराहामा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमबीच शनिवारदेखि नै आरम्भ भएको घोषणा गरे । शाखा प्रबन्धकहरु त्था बरिष्ठ व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस बैंकलाई सुशासनमा अब्बल बनाउने घाोषणा पनि गरे ।

सिटिजन्स चिरायु मुद्दती योजनाअन्तर्गत ग्राहकले १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा ब्याजबापत लाग्ने करपश्चात एकमुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

यसैगरी, रेमिटेन्स चिरायु मुद्दती योजनामा ग्राहकले १२ वर्ष ३ महिनादेखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा ब्याजबापत लाग्ने करपश्चात एकमुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

यस मुद्दती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्यूनतम पचास हजार मौज्दातमा खोल्न पाउनेछन् । यो निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवम् रेमिटेन्स ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

यसैबीच, बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता सहजताका साथ पूरा होस् भन्ने उद्देश्यले बैंकले आफ्नो वेबसाइटमार्फत स्मार्ट सर्भिसेज सेवा समेत सुचारु गरेको छ । यस सेवाअन्तर्गत बैंकको वेबसाइटमार्फत नै विभिन्न कार्डसम्बन्धी सेवाहरु, मोबाईलर ई-बैकिङ्गसम्बन्धी सेवा, शेयरसम्बन्धी सेवाहरु तथा क्यूआर सम्बन्धी सेवाहरु सहजताका साथ प्राप्त गर्नेछन् ।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?