जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति

बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति

बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यी कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको बताए । उनका अनुसार अब यी दुवै कम्पनीले एक महिनाभित्रै अन्य सबै प्रक्रिया पूरा गर्नुपर्ने छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् ।

मर्जर पश्चात बन्ने ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने छ । एक आपसमा गाभिए पछि कम्पनीको केन्दि«य कार्यालय बबरमहल, काठमाडौंमा रहने छ ।

हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी छ । एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १८ करोड रूपैयाँ छ ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका