जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन लाइफको जीवन बीमा कोष ६१ प्रतिशतले बढ्यो

सिटिजन लाइफको जीवन बीमा कोष ६१ प्रतिशतले बढ्यो

सिटिजन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन करिव ४६ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा शुन्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदै १८ करोड ८२ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड ७९ लाख माथि थियो ।

१ अर्ब ७५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ८७ करोड १६ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ६१ दशमलव ४८ प्रतिशत वृद्धि हुँदै ५ अर्ब ८१ करोड पुगेको छ।
गत आर्थिक वर्षमा १ अर्ब १६ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ३६ करोड ३ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका