जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनबी बैंकका सिइओले बुझे एक करोड ४१ लाख

एनबी बैंकका सिइओले बुझे एक करोड ४१ लाख

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वार्षिक एक करोड ४१ लाख रूपैयाँको तलबभत्ता तथा अन्य सुविधा बुझेका छन्। त्यस्तै उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले तीन करोड ७९ लाख रूपैयाँको तलब र एक करोड ९ लाख रूपैयाँ बराबरको भत्ता सुविधा बुझेका छन्।

सञ्चालकहरूले गत आर्थिक वर्षमा २१ लाख ७४ हजार रूपैयाँ बैठक भत्ता बुझेका हुन्। त्यस्तै कुल कर्मचारी खर्च भने ९७ करोड ९८ लाख रूपैयाँ छ। साथै कार्यालय सञ्चालन खर्च ५० करोड ८ लाख रूपैयाँ छ।

बैंकको सोमबार भएको २५ औ वार्षिक साधारणसभामा बोल्ने क्रममा शेयरधनीहरूले सञ्चालक भत्ता धेरै भएको भन्दै विरोध गरे । अन्य बैंकहरूको तुलनामा धेरै नै खर्च भएको भन्दै यसलाई घटाउन उनीहरूले सुझाव दिए ।

बैंकले प्रबन्धपत्र तथा नियमावलीमा सञ्चालकको भत्ता बढाउने प्रस्तावसहित संशोधनका लागि पेश गरिएको थियो। अध्यक्षको बैठक भत्ता २५ हजार र अन्य सञ्चालकको भत्ता २० हजार रूपैयाँ पुर्याधउने प्रस्तावलाई शेयरधनीहरूले चरम विरोध गरेपछि अध्यक्ष जगलाल अहमद भत्ता घटाउने पक्षमा गएका थिए। विरोधपछि अध्यक्षको भत्ता २० हजार रूपैयाँ र अन्य सञ्चालकको भत्ता १६ हजार रूपैयाँमा झारेर उनले प्रस्ताव गरे पछि भने शेयरधनीले सहमति जनाएका थिए।

गत वर्ष सञ्चालकको बैठक भत्ता १२ हजार रूपैयाँ थियो। साधारणसभाले सञ्चालक समितिमा एकजना महिला प्रतिनिधित्वलाई अनिवार्य हुने प्रस्तावलाई पारित गरेको छ। होटल तथा यातायातलगायत सञ्चालकहरूले पाउने सुविधालाई लिएर शेयरधनीले चरम असन्तुष्टि व्यक्त गरेका थिए।

8670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका