जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइज बैंकले बुटवल उप–महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

सनराइज बैंकले बुटवल उप–महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

सनराइज बैंकले बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ । करिब ३०० विद्यार्र्थीहरु अध्ययन गर्ने विद्यालयमा प्रायः विद्यार्र्थीको परिवार आर्थिक रुपले निम्न वर्गका गरेको भन्दै बैैकले सामाजिक उत्तरदायी अन्तर्गत उक्त समान हस्तान्तरण गरेको हो ।

विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको अवस्थामा बंैकले उक्त विद्यालयमा ३०० विद्यार्र्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको RO Filter Plant जडान गरेको छ । साउन २६ गते बिहिबार विद्यालयमा भएको एक कार्यक्रममा सो RO Filter Plant को उद्घाटन गरिएको थिए ।

हस्तान्तरण कार्यक्रममा सनराइज बंैकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिती रहेको थियो । उक्त सामाजिक कार्यले विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पु¥याउने विद्यालयकी प्र.अ. शान्ती शर्माले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?