जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकले २४सै घण्टा सेवा दिने

नबिल बैंकले २४सै घण्टा सेवा दिने

नबिल बैंकले ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको बैंकले विज्ञप्तिमा जनाएको छ।

नबिल ग्राहक सेवा केन्द्रले ग्राहकलाई २४सै घण्टा ३ सय ६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ।  यसले ग्राहकका लागि एकल विन्दुका रूपमा काम गर्ने छ।

केन्द्रले आगमन र गमन कलहरू दुवै सम्हाल्नेछ र यसले देश तथा विदेशमा रहेका ग्राहकलाई सूचना आदानप्रदान कार्य गर्ने विज्ञप्तिमा जनाइएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले केन्द्रले ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्ने र ग्राहक ‘सर्भिस डेलिभरी’ तथा ‘कस्टमर एक्सपेरियन्स’ लाई अझ परिष्कृत बनाउने बताए।

8660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका