जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्स कम्पनीले कृषकहरुलाई फलफुल खेती सम्बन्धी तालिम प्रदान

नेको इन्स्योरेन्स कम्पनीले कृषकहरुलाई फलफुल खेती सम्बन्धी तालिम प्रदान

नेको इन्स्योरेन्स कम्पनीले कृषकहरुलाई फलफुल खेती सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा नेकोको अभियान: कृषिमा योगदान भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको घरदैलोमा पुगि तालिम प्रदान गर्दै आएको छ ।

विशेष गरी साना किसानहरु जस्ले सानो खेती, थोरै पशुधनबाट आफ्नो जीविकोपार्जन गरी रहेकाहरुको कुनै दैवीप्रकोप वा रोग/किराबाट खेती वा पशुधनको नोक्सानी भएमा क्षतिपूर्ति दिने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।

यसै सिलसिलामा कम्पनीले कृषकहरुलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुट (सिउँडी फल) र एलोवेरा (घ्यूकुमारी) खेतीबाट आम्दानी गर्ने तरिका सम्बन्धी जानकारीमूलक कार्यक्रम यहि भाद्र ३ गते सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा औरही गाउँपालिका र सुखीपुर नगरपालिका समेतका करिब २०० जना कृषकहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का लगायतका विज्ञहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले यस कार्यक्रमबाट खेती गर्ने नयाँ तरिका लगायत आप्mनो मिहेनतबाट आम्दानी गरी आत्मनिर्भर हुन सक्ने सीपको वारेमा जानकारी पाएकोले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका