जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रभु बैंकका ग्राहकले अर्बन बुटिक होटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकले अर्बन बुटिक होटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

गत शनिबार प्रभु बैंक लिमिटेड र अर्बन बुटिक होटल प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सहमति भएको छ । विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र पोखरा स्थित अर्बन बुटिक होटलका तर्फबाट अध्यक्ष शकुन्तला गुरुङ्गले उक्त सहमति पत्रका हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेएका ग्राहकहरुले उक्त होटलमा फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट पाउनेछन् । होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अर्बन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाईएको छ । यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?