जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सशस्त्र प्रहरीका आईजीपी खनालद्वारा करोडौं घोटला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी (प्रमाण सहित)

सशस्त्र प्रहरीका आईजीपी खनालद्वारा करोडौं घोटला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी (प्रमाण सहित)

शाक्ति र सत्ताको दुरुपयोग गर्दै करोडौं घोटला गरेको भन्दै सशस्त्र प्रहरीका महानिरिक्षक (आईजीपि) शैलेन्द्र खनाल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ भन्दा अब चाहि फरक पर्दैन । आर्थिक बजार न्यूज डटकमलाई प्राप्त उजुरीकपि अनुसार
१६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी खनाल निकट मानिसहरुले आर्थिक चलखेल गरेको भनिएको छ ।

बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरीमा उल्लेख छ । भन्दा फरक पर्दैन । ०७८ चैत २७ मा अवकाशमा जान लागेका आईजीपी खनालले आर्थिक वर्ष २०७५–०७६ मा पोशाक शीर्षकमा विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरेको उजुरीमा लेखिएको छ भन्दा फरक पर्दैन । हेक्का होस् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा भनिएको छ–‘इन्धनको झुटो बिल बनाएर प्रत्येक आर्थिक वर्षमा ६ करोड भन्दा बढी इन्धन बापतको रकम हिनामिना गरी आर्थिक अनियमितता गरिएको उजुरीमा उल्लेख छ । सो कार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालित फ्युल स्टेशनबाट फर्जी विल बनाउने गरिन्छ ।’ सशस्त्रको ३ वटा गाडी र केही मोटरसाईकल भएको कार्यालयमा वार्षिक १० देखि १२ लाख मूल्य बराबरको इन्धनले पुग्छ । तर, त्यस्ता कार्यालयमा ८० लाखभन्दा बढी छुट्याएर फर्जी बिल बनाएर आइजीपी शैलेन्द्र खनालको ठाडो निर्देशनमा रकम असुल्ने गरेको भनी लेखिएको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा कानुनी प्रक्रिया पुरा नगरीकन १ करोड ३० लाखको फर्निचरका सामान खरिद गरेको तर, सो फर्निचर प्रहरी प्रधान कार्यालयमा नलगेर अन्यत्रै लगिएको बारे छानविन गर्न उजुरीमा माग गरिएको छ । भन्दा अब फरक पर्दैन । त्यस्तै, आर्थिक वर्ष २०७५–०७६ मा प्रधान कार्यालयमा कार्यरत कर्मचारीको नाममा फर्जी भ्रमण आदेश बनाएर ४ करोड भन्दा बढि भ्रष्टाचार भएको उजुरीमा उल्लेख गरिएको छ । सशस्त्र प्रहरी बलमा राईट कन्ट्रोल गियर र ट्रान्सपरेन्ट सिल (ढाला) खरिदमा पनि भ्रष्टाचार भएको भन्दै उजुरीकर्ताले खरिद कागजात जफत र गरेर अनुसन्धान गर्न अख्तियारका प्रमुख आयुक्तलाई सम्बोधन गर्दै उजुरी दर्ता गरिएको भेटिएको छ ।

सो उजुरीको बोधार्थ गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय जस्ता दर्जनौ निकायमा दिएको देखिन्छ । गृहमन्त्री बालकृष्ण खाँडज्यू हेक्का होस् । छानवीन तत्कालै गरियोस् । विगत वर्षहरुमा पनि शसस्त्र प्रहरी भित्र आईजीपी सावहरु बिरुद्ध उजुरी पर्दै आएका थिए । भने कति आईजीपी साबहरुलाई त कारवाही पनि भएका घटना छन् । सुरक्षा गर्नेहरुले नै आर्थिक अनियमितता गरेपछि यसबारेमा गृहमन्त्रालयले पनि छानवीन शुरु गरेको स्रोतको दाबी छ । हेक्का होस् । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

6115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका