जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्ट्विन प्रदान

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्ट्विन प्रदान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा–२ अर्चलबोट स्थित अर्चलबोट आमा समूहलाई एक कार्यक्रमका बीच डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोह बीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वास लिएको सञ्चालक सदस्य चतुराखर अधिकारीे बताए ।

बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदान गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा समेत जानकारी गराएका थिए ।

10955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका