जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिन्धु विकास बैंक १३ औं वर्षमा

सिन्धु विकास बैंक १३ औं वर्षमा

सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । बैंकले भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको हो । आफ्नो १३ औं वार्षिकोत्सव यहि भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताह ब्यापी रुपममा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

बैंकले यस अवसरमा ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईबर क्राईम विषयमा सचेतना मुलक कार्यक्रहरु लगायत विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

यसका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक र दोलखा जिल्लामा रहेका विभिन्न प्रतिष्ठित मठ मन्दिरहरुको सरसफाई तथा डस्टबिनहरु वितरण गरी भदौ २४ गते बैंकको कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा बनेपा बजार क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक वित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनिधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, क्युआर कोड, सिएएसबिए, कनेक्ट आइपिएस, आरटिजिएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

1845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका