जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • ज्योति लाइफको जीवन बीमा कोष र नाफामा आकर्षक वृद्धि

ज्योति लाइफको जीवन बीमा कोष र नाफामा आकर्षक वृद्धि

ज्योति लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन २० दशमलव ६३ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ३ अर्ब १० लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ८३ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै २३ करोड ९१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड माथि थियो ।

२ अर्ब ४२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७७ करोड ५० लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ५९ दशमलव १३ प्रतिशत वृद्धि हुँदै ६ अर्ब ३४ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा र किताबी मूल्य १३६ रुपैयाँ ६५ पैसा छ । गत आर्थिक वर्षमा २८ करोड ३५ लाख खुद दावी भुक्तानी गरेको कम्पनीले ४ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका