जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

 लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । फागुन ३० गते नियुक्त भएका श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराएका हुन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एमपीए र एमबीए उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायहरुको अधिकृतदेखि सह-सचिवसम्मको उच्च पदमा रहि ३७ वर्षभन्दा बढी सेवा गरेका थिए ।

साथै, उनले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गरेका थिए । उनको कार्यकालमा बैंकले थप उन्नत्ति प्रगति गर्ने बैंकको विश्वास छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका