जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको विषयमा अर्थमन्त्रालय ले धितोपत्र बोर्डलाई काट्यो पत्र

अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको विषयमा   अर्थमन्त्रालय  ले  धितोपत्र  बोर्डलाई काट्यो पत्र

अजोड इन्स्योरेन्सको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको विषयमा अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन उपसमितिले ५ महिनासम्म पनि आफ्नो प्रतिवेदन नबुझाएपछि सो विषयमा अर्थमन्त्रालयले बोर्डले जानकारी माग गरेको छ । अजोड इन्स्योरेन्स इन्साइडर ट्रेडिङ प्रकरणको अनुसन्धान लामो समयसम्म पनि निष्कर्षमा पुग्न नसकेको भन्दै मन्त्रालयले बोर्डलाई उक्त प्रतिवेदनबारे जानकारी गराउन भनेको छ ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार मन्त्रालयले केही दिनअघि मात्र बोर्डलाई उक्त अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनबारे जानकारी गराउन भनेको हो ।
‘उक्त विषय कहाँ पुग्यो भनेर मन्त्रालयले चासो देखाएको हो । अध्ययन उपसमितिको काम र प्रतिवेदनबारे बोर्डसँग जानकारी मागिएको छ, ‘उनले भने ।


पछिल्लो समय सर्वोत्तम सिमेन्टको ओटिसी सेयर खरिद प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष र नेस्पेका सीइओ मुछिएपछि मन्त्रालयले एउटा अध्ययन समिति बनाएर इन्साइडर ट्रेडिङबारे अर्थमन्त्रालयले बिस्तृतमा अध्ययन गरिरहेको छ ।
मन्त्रालय अन्तर्गतको कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख पाराश्वर ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदलले सर्वोत्तम सिमेन्टको मात्र नभई इन्साइडर ट्रेडिङमा मुछिएको अरु कम्पनीको पनि अध्ययन थालेको हो । कार्यदलले अध्ययन थालेसँगै अजोड इन्स्योरेन्सको विषयमा पनि बोर्डसँग जानकारी मागेको हो ।
अजोड इन्स्योरेन्सको गत चैत १६ गते बसेको सञ्चालक समितिको ८७औं बैठकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारण सभामा पठाउने निर्णय गरेको थियो । तर कम्पनीको सञ्चालक समितिले उक्त प्रस्ताव गरेको बारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाइ जानकारी गराउनु अघि नै सेयर मूल्यमा ठूलो अंकको वृद्धि देखिएको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै अजोडको सेयर मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएर कारोबारमा सकारात्मक सर्किट लागेको थियो ।
हकप्रद सेयर निस्कासन गर्ने विषय सार्वजनिक हुनुअघि नै कम्पनीको सेयर कारोबारमा अस्वाभाविक वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको थियो ।
सो विषयमा धितोपत्र बोर्डमा उजुरीसमेत परेपछि अनुसन्धानका लागि कार्यदल गठन गरिएको थियो । बोर्डले चैत १८ गते नेप्सेलाई पत्र पठाउँदै अजोड इन्स्योरेन्सको सेयर कारोबार विवरण पेश गर्न भनेको थियो । तर नेप्सेले सबै विवरण पेश नगरेपछि विस्तृतमा अध्ययन गर्न भन्दै बोर्डका निर्देशक अम्बिका गिरीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन कार्यदल बनेको थियो ।
इन्साइडर ट्रेडिङ प्रकरणपछि राष्ट्रिय बीमा समितिले अजोडको हकप्रद सेयर रोक्न निर्देशन दिएको छ । अध्ययन प्रक्रिया नसकिएका कारण हकप्रद जारी गर्ने प्रक्रिया पनि रोकिएको हो ।
यता बोर्डले गरेको अध्ययनमा कम्पनीका सम्बन्धित व्यक्तिहरु नै हकप्रदको सूचना चुहाएको आशंका गरिएको थियो । बीमा समितिले भने बोर्ड समक्ष नियामकको हैसियतमा पुँजीवृद्धिका लागि हकप्रद जारी गर्न दिने वा नदिने आफ्नो अधिकारको विषय भएको भन्दै अजोड जस्तो नयाँ कम्पनीको व्यवसाय कस्तो छ भन्ने वित्तीय विवरण सार्वजनिक नभएको भन्दै तत्कालका लागि हकप्रद जारी गर्न नदिने आफ्नो निर्णय भएको जानकारी गराएको थियो ।
बोर्डका एक अधिकारीका अनुसार उक्त प्रतिवेदनबारे अर्थमन्त्रालयलाई नियमित प्रक्रियामार्फत् नै जानकारी गराइसकिएको जानकारी दिए ।
‘पहिले पनि अर्थमन्त्रालयलाई जानकारी गराएको हो, अहिले पनि फेरि माग भएको छ जानकारी गराउँछौं,’ बोर्डका एक अधिकारीले भने ।

6010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका