जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा सुविधा वापतको रकम भुक्तानी

कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा सुविधा वापतको रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोल्नु भएका ७ जना ग्राहक महानुभावहरुलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ ।

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नुभएको गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश रु ३३,२५०, रु ३८,०००, रु ३८,०००, रु ३८,०००, रु १७,१०० , रु २८,०७७.२५, र रु ३८,००० बराबरको चेक बैंकका शाखा प्रबन्धक श्री दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजना अनुसार खातावालालाई निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका