जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फाइनान्स कम्पनीको नाफा: मञ्जुश्री फाइनान्सको ५६ करोड ८१ लाख

फाइनान्स कम्पनीको नाफा: मञ्जुश्री फाइनान्सको ५६ करोड ८१ लाख

फाइनान्स कम्पनीहरुले गत आर्थिक बर्ष एक अर्ब ९७ करोड रुपैयाँ खुद नाफा गरेका छन्। सुचीकृत १५ फाइनान्स कम्पनीमध्ये सर्वाधिक नाफा मञ्जुश्री फाइनान्सले गरेको छ।

मञ्जुश्री फाइनान्सको नाफा ५६ करोड ८१ लाख रुपेयाँ छ। यसपछि गुर्खाज फाइनान्सले २० करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। सबैभन्दा कम नाफा ४५ लाख रुपैयाँ समृद्धि फाइनान्सको छ। समृद्धिको जगेडा कोष अझै पनि १४ करोड ९१ लाख रुपैयाँले ऋणात्मक नै छ।

फाइनान्स कम्पनीहरुमा सबैभन्दा बढि रिटर्न अन इक्विटी पनि मञ्जुश्रीकै ३३.७८ प्रतिशत छ। यसपछि आइसीएफसी फाइनान्सको १२.९१ प्रतिशत छ। दोहोरो अंकमा आरओइ हुनेमा गुर्खाज फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स छन्।

समस्याग्रस्तबाट मुक्त भएको नेपाल फाइनान्सको ४५ प्रतिशत हाराहारी खराब ऋण छ भने बेस्ट फाइनान्सको १३ प्रतिशत हाराहारी छ। समृद्धि फाइनान्सको ५ प्रतिशतभन्दा थोरै माथि छ। बाँकी सबैको ५ प्रतिशतभन्दा कम छ। गुडविलले शुन्य देखाएको छ।

2630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका