जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिक सूचीमा

प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिक सूचीमा

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस हुनुभएको छ । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएको छ ।

केही वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका भट्टचन गत महाधिवेशन अगाडि संगठन विभाग उपप्रमुख मनोनयन हुनुभएको थियो । शेरबहादुर देउवालाई सभापतिमा पुनः निर्वाचित गराउन सक्रिय भूमिका खेल्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।

भट्टचन बाग्लुङबाट प्रत्यक्ष चुनाव लड्न चाहनुहुन्थ्यो । तर, गठवन्धनका कारण बाग्लुङका दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले संघीय चुनाव लड्न नपाउने अवस्था आएपछि उहाँले समानुपातिक प्रणालीबाट सांसद बन्ने इच्छा देखाउनुभएको थियो ।
तर, काँग्रेसको आन्तरिक शक्ति सन्तुलन मिलाउँदा उहाँ जनजाति सूचीको दुई नम्बरभित्र पर्न सक्नुभएन ।

2890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका