जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न

यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ ।

बीरेन्द« नमुना क्याम्पस, चन्द्रगढी झापामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ५० जना भन्दा बढी युवाहरू उपस्थित थिए । कार्यक्रममा स्वागत बीमा जागरण अभियानका केन्द्रिय सदस्य पुनम राजबंशी, निमित्त क्याम्पस प्रमुख प्रकाश भण्डारीले मनत्व्य राखे ।

उक्त कार्यक्रममा रमेशकुमार भट्टराई र प्रशान्तराज धमलाले प्रशिक्षण र बीमाको महत्व तथा आवश्यकताबारे प्रकाश पारे ।

कम्पनीले पोखरा महानगर वडा नं. ३३ कालिकास्थानको सरस्वती टिका माविमा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले गरेका थिए ।

आचार्यले जीवन बीमा मानव जीवनको आधारभूत आवश्यकता भइसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनीय भएको बताए ।

उनले बीमाले जीवन र परिवारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाई आग्रह गरे ।

सो अवसरमा कम्पनीका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

१०० भन्दाबढी युवा बिद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य शिक्षक अभिभावक संघ अध्यक्ष गणेश प्रसाद ढकाल, कम्पनीका पोखरा शाखा प्रबन्धक रामजीप्रसाद लम्सालको उपस्थिति थियो ।

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका