जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकलाई डिएफसीले ५ करोड डलर बराबर प्रत्यक्ष ऋण दिने

लक्ष्मी बैंकलाई डिएफसीले ५ करोड डलर बराबर प्रत्यक्ष ऋण दिने

र्राष्ट्रिय विकास वित्त निगम’ (डिएफसी) ले ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८५ करोड रुपैयाँ) बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ।

त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर (३२ करोड ५० लाख रुपैयाँ) बराबरको ऋण पोर्टफोलिया ग्यारेन्टी पनि प्रदान गर्ने घोषणा गरेको छ।

डिएफसीका अनुसार कुनै एकल विकास वित्त निगमबाट नेपालका लागि पहिलोपटक हालसम्मकै ठूलो ऋण पोर्टफोलियो स्वीकृत गरिएको यो पहिलो घटना हो। जसमा लक्ष्मी बैंक छनोट भएको छ।

अमेरिकी सहयोग नियोग (युएसएड) को नेपालस्थित कार्यालयसँगको सहकार्यमा डिएफसीले लक्ष्मी बैंकलाई उक्त परिमाण बराबरको ऋण सहयोग दिने छ। नेपालमा कृषि व्यवसायमा संलग्न साना तथा मध्यम आकारका व्यवसायलाई उक्त ऋण प्रयोग गर्न दिइने जनाइएको छ।

चालू अंग्रेजी आर्थिक वर्ष दोस्रो त्रैमासिकमा डिएफसीले एकैपटक ६२ कारोबार स्वीकृत गरेको छ जसको आकार २ अर्ब ३० करोड डलरबराबर रहेको छ। उक्त रकम संसारका केही ठूला विकास चुनौतीका समस्या समाधान गर्न उपयोग गरिने डिएफसीले जनाएको छ।

डिएफसीका अनुसार हालै स्वीकृत उक्त सहयोग रकम उदीयमान बजारमा आर्थिक वृद्धि सुधारका लागि ‘बाइडेन–ह्यारिस प्रशासन’ का प्राथमिकताका क्षेत्रहरू विश्वव्यापी स्वास्थ्य, खाद्य सुरक्षा, सूचना प्रविधि, लैंगिक समानता, स्वच्छ ऊर्जा तथा जलवायु अनुकूलनमा खर्च गरिने छ।

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका