जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आचार्यहरुको काठमाण्डौंमा भब्य दहीचिउरा कार्यक्रम सम्पन्न

आचार्यहरुको काठमाण्डौंमा भब्य दहीचिउरा कार्यक्रम सम्पन्न

आचार्य बन्धु समाज नेपालले काठमाडौंमा असार १५ धान दिवशको अवशरमा दही–चिउरा कार्यक्रम सम्पन्न गरेको छ ।
मध्यबानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेशमा आयोजना भएको दहीचिउरा कार्यक्रममा बिभिन्न आचार्य लब्धप्रतिष्ठीत ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री नीलाम्बर आचार्य, उद्योगपति एबम् समाजका पूर्व अध्यक्ष कृष्ण आचार्य, बरिष्ठ पत्रकारहरु हरिहर बिरही, डा शुरेस आचार्य, राजनीतिज्ञ मधु आचार्य, ट्रेड यूनियन कााँग्रेसका निबर्तमान अध्यक्ष पुष्कर आचार्य, राजनीतिक बिश्लेशक पुरञ्जन आचार्य, प्रा डा गोबिन्द आचार्य, प्रा डा ब्रतराज आचार्य, आचार्य समाजका पुर्व उपाध्यक्ष शुरेस आचार्य, आचार्य समाजका बाग्मती संयोजक जयराज आचार्य, आचार्य समाज बाग्मती प्रदेश कोषाध्यक्ष दुर्गा आचार्य थपलीयालगायतले आचार्य समाजले गरेको कार्यक्रममा आफ्नो मन्तब्यका साथ समाजको सफलताको श्ुभकामना दिएका थिए ।

कार्यक्रममा निलाम्बर आचार्यले आचार्यहरुले राम्रो काम गरेर देखाउन सकोस् भन्दै शुभेच्छा प्रकट गरेका थिए । यस्तै ब्रतराज आचार्यले आचार्यहरुले आफ्नो छुट्टै छाड बनाउन सके राम्रो हुने सुझाव दिएका थिए । समाजका पुर्व अध्यक्ष कृष्ण आचार्यले देशभर रहेका आचार्यहरुलाई जोडेर एउटै समाज बनाउन अपरिहार्य रहेको भन्दै इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानमार्फत  आचार्य समाजको पहलमा साँस्कृति, पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय मार्फत बार्षिक रु दुई लाख रासीको राष्ट्रिय पुरस्कारका लागि व्यवस्था गरेर आचार्य समाजले महत्वपूर्ण योगदान गरेको बताए । पत्रकार महासँघका पुर्व अध्यक्ष हरिहर बिरहीले आचार्य बनधु समाज नेपालका कार्यक्रमहरु हेर्दा आचार्य समाजको औचित्य पुष्टी भएको भन्दै समाजका सदस्यहरुले राम्रो काम गरेको भन्दै शुभेच्छा गरेका थिए ।

समाजको कार्यक्रममा सहसचिव दिवश रमण आचार्य, नायव महालेखापरीक्षक पदम प्रसाद आचार्य, पूर्व सहसचिव भूवन प्रसाद आचार्य, पूर्व सहसचिव केशव प्रसाद आचार्य, नेपाल राष्ट्र बैंकका निर्देशक डा भागवत आचार्य, नेपाल आयाल निगमकी बरिष्ठ कर्मचारी उर्मिला पोख्रेल आचार्यलगायत बिभिन्न कौडिन्य गोत्रीय बन्धुबान्धवहरुको ठूलो समूहमा उपस्थिति थियो ।

समाजका अध्यक्ष बाबुराम आचार्यले समाजका लागि आचार्य समाज राजनीति गर्ने थलो नभएको, आर्थिक पारदर्शीता तथा अनुशासनका साथ काम गर्दै समाजलाई अगाडी बढाउनुपर्ने दायीत्व रहेकको भन्दै यसका लागि सल्लाहकारहरु, संरक्षकहरु, आजीवन सदस्यहरु, बिशिष्ट सदस्यहरु, साधारण सदस्यहरु, शुभचिन्तकहरुलगायत देशविदेशमा रहेका बन्धुबान्धवहरुले रचनात्मक सल्लाह, सुझाव, खबरदारीका साथसाथै सहकार्यको अपेक्षा रहेको बताएका थिए ।  समाजका अध्यक्ष आचार्यले आचार्य सेवा सदन निर्माण गर्ने, एकीकृत बंशावली  निर्माण गर्ने, देशभरी बिभिन्न तरिकाले काम गरिरहेकका आचार्य समाजलाई एकीकृत गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमहरु ल्याएर समाज अगाडी बढिरहेको जानकारी गराएका थिए ।

समाजका महासचिव शुभनराज आचार्यले संचालन गरेको दहीचिउरा तथा संबाद कार्यक्रममा अध्यक्ष बाबुराम आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा चार्टर अकाउण्डेन्ट टेकनाथ आचार्य, इन्जीनियर बेदनाथ आचार्य, समाजका अध्यक्ष बाबुराम आचार्यले प्रति ब्यक्ती रु एक लाख समाजलाई तिरेर समाजको संरक्षक सदस्यता लिएका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण आचार्य बन्धुबान्धवहरुबीचमा परिचय कार्यक्रम सम्पन्न भएको थियो ।
महासचिव शुभनराज आचार्यले आगामी हरितालीका तीज पर्वको उपलक्षमा आचार्य महिलाका लागि तीज बिशेष कार्यक्रम गरिने जानकारी दिएका थिए ।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका