जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ दसैं अफरको साप्ताहिक विजेता सार्वजनिक

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ दसैं अफरको साप्ताहिक विजेता सार्वजनिक
आइएमईले सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक दसैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता सार्वजनिक गरेको छ।

फेसबुक लाइभमार्फत बिहीबार सार्वजनिक नतिजा अनुसार कुबेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमश: सान्त्वना धोधरी र जीतमान गोम्बो तामाङ पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्।

त्यस्तै पदमकुमारी विक र किशोर तामाङ छैटौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्। उनीहरुले क्रमशः ओमान र मलेसियाबाट आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए।

चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबि बडुवाल पाँचौं हप्ताको लागि दैनिक विजेता छनोट भएका छन्।

उनीहरुले क्रमशः ओमान, कुवेत, मलेसिया, युएई, जापान र इन्डियाबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए।

त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बू छैटौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्।

उनीहरुले क्रमशः कुवेत, मलेसिया, बहराइन, अमेरिकाबाट नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए। उनीहरुले प्रत्येकले एक/एक सेट सामसङ मोबाइल उपहार पाएका थिए।

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका